संसद्‍को गाँठो फुकाउने कोसिस, बालुवाटारमा जुटे शीर्ष नेता « Khabarhub

संसद्‍को गाँठो फुकाउने कोसिस, बालुवाटारमा जुटे शीर्ष नेता


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

संसद्‍मा अड्किएको गाँठो फुकाउने कसरतस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍का प्रमुख दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका हुन् ।

शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। एमालेबाट प्रमुख सचेतक महेश बर्तौला पनि सहभागी छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट नेताहरू कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

उता माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरू पनि सहभागी छन् ।

शुक्रबार बिहान बसेको कार्यदलको बैठकले पनि सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेश तय गर्न सकेको थिएन ।

त्यसपछि बसेको संसद् बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको थियो। संसद् खुल्न नसकेको अवस्थामा नेताहरू शीर्ष तहमै छलफलका लागि जुटेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : ४५ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित