ईश्वर पोखरेल भन्छन् : नागरिकतामा सिराेहिया समातिँदा सञ्चार जगतमा हमला भयो भन्नु गलत « Khabarhub

ईश्वर पोखरेल भन्छन् : नागरिकतामा सिराेहिया समातिँदा सञ्चार जगतमा हमला भयो भन्नु गलत


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर सञ्चार जगतमाथि हमला भएको भन्ने विषयप्रति आपत्ति जनाएका छन् ।

पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आई पुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरूले भ्रम फैलाउने काम गरेको बताए ।

नागरिकताको विषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन जोसुकै कारबाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।

‘सञ्चार जगतको हमला कहाँबाट आयो ?’ उनले प्रतिप्रश्न गर्दै भने । ‘ धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।’

सरकार लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने बताउँदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो विषयमा संक्षिप्त भनाई राखेको बताए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ५४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग