ईश्वर पोखरेल भन्छन् : नागरिकतामा सिराेहिया समातिँदा सञ्चार जगतमा हमला भयो भन्नु गलत « Khabarhub

ईश्वर पोखरेल भन्छन् : नागरिकतामा सिराेहिया समातिँदा सञ्चार जगतमा हमला भयो भन्नु गलत


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर सञ्चार जगतमाथि हमला भएको भन्ने विषयप्रति आपत्ति जनाएका छन् ।

पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आई पुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरूले भ्रम फैलाउने काम गरेको बताए ।

नागरिकताको विषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन जोसुकै कारबाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।

‘सञ्चार जगतको हमला कहाँबाट आयो ?’ उनले प्रतिप्रश्न गर्दै भने । ‘ धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।’

सरकार लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने बताउँदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो विषयमा संक्षिप्त भनाई राखेको बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको