कार्यदलको बैठक सुरु, सहमति जुट्ने सम्भावना कति ? « Khabarhub

कार्यदलको बैठक सुरु, सहमति जुट्ने सम्भावना कति ?

व्यक्तिको नाम किटान नगर्ने पक्षमा कांग्रेस पनि 


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

कानुन मन्त्रालयमा ३ बजेका लागि बोलाइएको बैठक समिति संयोजक तथा कानुन मन्त्री पदम गिरी पर्वतबाट आउन ढिलो भएकाले ४ बजे पछि बसेको हो ।

कस्तो र कुन प्रकारको छानबिन समिति बनाउने भन्ने बारेमा टीओआर तयार गर्न समितिको निर्णायक बैठक हुने  गिरीको भनाइ छ ।

उनले शनिबार खबरहबलाई भने, ‘कुनै पनि व्यक्तिको नाम किटान नगरी समग्र सहकारीको छानबिन हुने विषयमा कुरा मिल्छ । हामी त्यसको अभ्यासमा लागिरहेका छौँ ।’

उनले अगाडि थपे, ‘आजको बैठक निर्णायक बैठक भनेर सत्ता पक्ष र प्रतिपक्षले लिएका छौँ  । हामी सहमति जुटाएर जान्छौँ ।’

सहकारी ठगी प्रकरणमा सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।

यता कांग्रेस पनि व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने सहमति हुन सक्ने बताएको छ ।

यसबारे कांग्रेस सचेतक रमेश लेखकले खबरहबलाई भने, ‘व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू भए भने सहमति जुट्ला । तर सबै कुरा छोडेर सहमति हुने कुरामा कांग्रेस तयार छैन ।’

व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा गलत नजिरको विकास हुने भएपछि कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताइएको छ ।

कांग्रेस पनि लचिलो भएकाले सहमति जुट्न सक्ने सत्ता पक्ष र प्रतिपक्षको आंकलन छ ।

टीओआर बनाउने कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल छन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : ३३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट