आज २०८१ साल असार १० गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १० गते सोमबारको राशिफल


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : प्रविधिको प्रयोगमा सचेत हुनु राम्रो हुन्छ। लापरवाही गर्दा करेन्ट लाग्ने जोखिम हुनसक्छ। आधुनिक कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर गरिएको कामबाट राम्रो नतिजा प्राप्त हुनेछ।

वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। बोलीमा मोहनी लुकेको छ। परोपकार गर्नु राम्रो हुन्छ। सेवाको अवसर प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मिथुन : मनमा उत्साह बढ्नसक्छ। साथीको सहयोग प्राप्त हुनेछ। राम्रा योजना बनाउने दिन हो। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनुको साथै मिठो कुरा खाने अवसर प्राप्त हुनेछ।

कर्कट : संघर्षबाट समस्याको समाधान खोज्नुपर्ने दिन छ। सेवा गरेकै पात्रबाट धोका हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : अवसर धेरै छन्। उचित निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुन्छ। लगानी गरेको भए प्राविधिक शिक्षामा फाइदा हुनेछ। सामाजिक र राजनीतिक भन्दा निजी क्षेत्रबाट नाफा हुनेछ।

कन्या : दिन रमाइलो छ। नयाँनयाँ ठाउँको यात्रामा समय बित्नेछ। श्रम गरेका क्षेत्रमध्ये निजी क्षेत्रबाट उन्नति हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समस्याले सताउने दिन छ। कामको चापले सताउनेछ। मन अशान्त बन्ने देखिन्छ। तालिका बनाएर काम गर्नु उचित हुन्छ। राजनीतिमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : समस्या बढ्दै गएका छन्। समाधान खोज्नु राम्रो हुन्छ। अढाइया शनिदेवको पालो भएकाले समस्या आइपर्नु स्वभाविक हो। समस्याको समाधान खोजेर अगाडि बढ्नु राम्रो हुन्छ। साथी र परिवारबाट साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनु : धनलक्ष्मी योग परेको छ। प्राप्त अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीले गुण र दोषका आधारमा प्रशंसा गर्नेछन्। साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारसँगको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारको दोहोरो व्यवहारले दुःखी बनाउने देखिन्छ।

कुम्भ : मध्य साढेसाती शनि चल्दै छ। जसले गर्दा झुटा आरोप लाग्ने जोखिम देखिन्छ। जुनसुकै काममा संकट पर्नसक्छ। जन्मकुण्डली देखाएर सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ।

मीन : समय राम्रो छ। धेरै मानिसले प्रशंसा गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। घरभित्रै संकट पर्नसक्छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि तीन पल्ट सोच्नुपर्ने दिन छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ११ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा