विश्वकपमा अपराजित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

विश्वकपमा अपराजित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जितको खाँचो


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। नर्थ साउन्ड रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ।

‘सुपर-८’ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण खेल हो। सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा विश्वकपबाट बाहिरिनेछ। यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

‘सुपर-८’ को समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ। अर्को आयोजक राष्ट्र अमेरिका भने ‘सुपर-८’ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : १० बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च