सूर्योदय वोमी लघुवित्तको संस्थपाक शेयर, सर्वसाधारणका लागि खुला « Khabarhub

सूर्योदय वोमी लघुवित्तको संस्थपाक शेयर, सर्वसाधारणका लागि खुला


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि खुला भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६९ हजार ८०५ कित्ता संस्थापक शेयर हाल विद्यमान संस्थापकले खरिद नगरेपछि सर्वसाधारणमा विक्रीका लागि खुला गरिएको हो ।

उक्त शेयर खरिद गर्नको लागि न्यूनतम ३०८ रुपैयाँ भन्दा माथि मूल्यको शिलबन्दी बोलपत्र आवेदन दिनुपर्ने छ । कम्पनीका अनुसार असार १७ गतेसम्म आवदेन दिन सकिने छ ।

शेयर खरिद गर्नका लागि न्यूनतम ५ हजारदेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्दा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४.००७ प्रतिशत बोनस समेत पाउने छन् ।

असार १० गते पश्चात् कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश समेत आवेदन दिनेले पाउने कम्पनीले जनाएको छ ।

आवेदन एनआईसी एशिया बैंकको कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं शाखा कार्यालयहरु, विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : ५६ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको