चीनको बढ्दो बजार मागसँगै चिलीको चेरी निर्यातमा वृद्धि « Khabarhub

चीनको बढ्दो बजार मागसँगै चिलीको चेरी निर्यातमा वृद्धि


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा चेरीको माग बढ्दै गएपछि दक्षिण अमेरिकी देश चिलीको चेरी निर्यातमा उल्लेख्य वृद्धि भएको छ । चिली विश्वकै प्रमुख चेरी निर्यातक मुलुकमध्ये एक हो भने चीन चिलीयन चेरीको सबैभन्दा ठूलो विदेशी बजार बनेको छ । 

चिलीको कृषि मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२५/२६ को निर्यात सिजनमा करिब पाँच लाख ६९ हजार मेट्रिक टन चेरी निर्यात भएको थियो । त्यसमध्ये करिब ८७ प्रतिशत चेरी चीनमा निर्यात गरिएको थियो । 

पछिल्ला वर्षमा एसिया–प्रशान्त क्षेत्रीय आर्थिक सहकार्य विस्तार हुँदै जाँदा चीन र चिलीबीच आर्थिक तथा व्यापारिक सम्बन्ध पनि थप सुदृढ हुँदै गएको छ । दुवै देश एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) का सदस्य अर्थतन्त्र हुन् ।

सन् २०१८ देखि चिलीले चीनसँग प्रत्यक्ष समुद्री ढुवानी सेवा ‘चेरी एक्सप्रेस’ सञ्चालन गर्दै आएको छ । यसले प्रशान्त महासागर पार गरेर चीनसम्म चेरी पुर्‍याउन लाग्ने समय उल्लेख्य रूपमा घटाएको छ ।

यस वर्षलाई एपेकले ‘चीन वर्ष’ का रूपमा मनाइरहेको छ । यही अवसरमा नोभेम्बर १८ देखि १९ सम्म चीनको सेन्जेनमा ३३औँ एपेक आर्थिक नेताहरूको बैठक आयोजना भएको थियो ।

बैठकलाई अवसरका रूपमा उपयोग गर्दै चीन र चिलीले व्यापार सहजीकरण तथा कृषि व्यापारमा सहकार्य थप विस्तार गर्ने अपेक्षा गरिएको छ । प्रशान्त महासागर पार गर्दै चीन पुग्ने चिलीका चेरी दुई देशबीच गहिरिँदै गएको आर्थिक तथा व्यापारिक सहकार्यको उदाहरण बनेका छन् ।

तस्बिर : सिन्ह्वा/झोउ जियायी / रासस

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ९ : २३ बजे

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर– जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने

चीनको बढ्दो बजार मागसँगै चिलीको चेरी निर्यातमा वृद्धि

बेइजिङ– चीनमा चेरीको माग बढ्दै गएपछि दक्षिण अमेरिकी देश चिलीको

चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे (तस्बिरहरू)

चितव– चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद्

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी