संसद्‍का आन्दोलित कर्मचारीसँग छलफलमा कानुनमन्त्री नेतृत्वको टोली « Khabarhub

संसद्‍का आन्दोलित कर्मचारीसँग छलफलमा कानुनमन्त्री नेतृत्वको टोली


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्व टोलीले छलफल गरिरहेको छ।

मन्त्री गिरी नेतृत्वको तीन सदस्यीय टोलीले अहिले संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद्‍ भवनमा संसद् अघि बढाएको हो ।

कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय , राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बरालसहित संवादमा जुटेका हुन्।

आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको थियो ।

समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य थिए ।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा छन् ।

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ०१ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना