बेनीमा मौसम मापन केन्द्र « Khabarhub

बेनीमा मौसम मापन केन्द्र


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन  र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो । 

केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्यांक भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए। 

‘केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,’ उनले भने ‘सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।’

विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्यांक र अभिलेख अध्ययन-अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । 

बेनीमा रहेको मौसम मापन केन्द्र विसं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ । 

जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उनको भनाइ छ । 

बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिए । २६ मध्ये १२ वटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन् । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : २१ बजे

चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै

चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बिहिबार सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला

भोजपुर– पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र