रास्वपाले माग्यो राजदूतका लागि आवेदन | Khabarhub Khabarhub

रास्वपाले माग्यो राजदूतका लागि आवेदन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । 

पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका छन् ।

रास्वपाले राजदूत छनौटका लागि पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतीन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको छ । 

कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको सभापति लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार मापदण्ड पुगेका उपयुक्त उम्मेदवारले असार १४ गतेसम्म आवेदन दिन सक्ने छन् । 

आवेदनअनुसार आगामी दिनका लागि पनि रोष्टर तयार पारिने लामिछानेको भनाइ छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ०० बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि