बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस् | Khabarhub Khabarhub

बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जन मेयर बालेन्द्र साहले फरक मत र विचारलाई निषेध गर्न खोजेको बताएका छन् ।

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा महर्जनले फरक मत राखेकै कारण मेयर साहका समर्थकहरूले आफूमाथि बारम्बार आक्रमण गरेको बताएका छन् ।

‘यहाँ मेरा सिनियर दाइहरू तीनजनाले बोलिसक्नु भएको छ। हामीले यी दुई वर्षमा केही कुरामा सफल भयौँ, केहीमा असफल भयौँ । नराम्रा कामहरूबाट सिक्नुपर्छ, गल्तीलाई गुरु मानेर हिँड्नुपर्छ’, उनले भने, ‘बजेट खर्चको अनुपात दु:ख लाग्दो छ, अहिलेसम्म ३० प्रतिशत मात्रै खर्च भएको छ। अरु महानगर र पालिकाको तुलना गर्दा हाम्रो अवस्था अति नै कमजोर छ ।’

बजेट खर्चको दुरावस्थाबारे अब मूल्यांकन र समीक्षा चाहिने पनि उनले बताए । ‘महानगरको नेतृत्व समान सहभागिता र संवादको कुरामा चुकेको छ। छलफलमा चुकेको छ । सहभागितामुलक र संवाद र छलफलहरूबाट मात्रै हामी गन्तव्यमा पुग्छौँ’, उनले भने, ‘कसैले पनि द्वन्द्वबाट जित्ने प्रयासले सफल होइँदैन ।’

उनले आफू एमालेको सदस्य भएको बताए । ‘मेरो गौरवमय पार्टी नेकपा एमालेको सदस्य हुँ म । विगतमा सामाजिक अभियानबाट म राजनीतिमा जोडिएँ । राजनीतिक आन्दोलनमा लाग्नुअघि २०४२ सालमा न्युह:दया भिन्तुनाको जुलुसमा जाँदा लाठी खाएँ, त्यसपछि म निरन्तर निरंकुशताविरुद्ध लडिरहेको छु’, उनले भने, ‘म यही माटोमा हुर्केको मान्छे हो । मेरै माटोमा नयाँ वर्षको शुभकामना कार्यक्रममा जाँदा लाठी खानु राम्रो होइन । त्यसबेला वाक स्वतन्त्र थिएन, बोल्न पाइँदैनथ्यो, त्यही व्यवस्थाको विरोध गर्दै म यहाँसम्म आएँ ।’

तर अहिले काठमाडौं महानगरको नेतृत्वलले फरक मतलाई दबाएर निषेध गर्न खोजेको उनले बताए । ‘फरक मतलाई अझै पनि दबाइन्छ भने अझै पनि म मुर्दावाद भन्छु । फरक मतलाई सम्मान गर्ने ‘मेरिट अफ डेमोक्रेसी’ हामीलाई चाहिएको छ । फरक मतसँग संवाद गर्ने क्रम हाम्रो संस्थामा बन्द भएको छ’, उनले भने, ‘फरक मतलाई सम्मान गरे राम्रो हुन्छ । एक्लै होइन, मिलेर जाऊँ । १ र १ बराबर २ होइन, १ र १ बराबर ११ गरेर जानुपर्छ ।’

उनले मेयर बालेन्द्र साहले अरुको बोल्ने अधिकार खोसेको पनि बताए । ‘बोल्ने अधिकार खोसियो कि दबाइयो भन्ने कुरा जुन छ । १६० जनाले १६० थरी कुरा भन्नुभन्दा छलफल गरेर एकैजनाले बोलिदिने अभ्यास पहिलेदेखि थियो’, उनले भने, ‘त्यो अभ्यास गरिरहँदा साथीहरूलाई आक्षेप लगाइयो । मेरा अग्रजलाई आक्षेप लगाइयो, यसमा सचेत हुनु जरूरी छ ।’

उनले आफू वाक स्वतन्त्रलाई माया गर्ने मान्छे भएको बताउँदै फरक विचार नदबाउन मेयर साहलाई आग्रह गरे । ‘फरक कुरालाई, मतलाई, विचारलाई नदबाइयोस् सम्मान गर्न सिक्नुस्’, उनले भने, ‘अबदेखि विरोधका कुरालाई पनि सम्मान गरियोस् ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : १४ बजे

दाताको भरमा समाजकल्याण परिषद् विस्तार गर्दै सरकार

काठमाडौं– समाज कल्याण परिषद् अब सातै प्रदेशमा विस्तार हुने भएको

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौं– प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता

एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा

‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी

काठमाडौं– म्युजिकल फिल्म ‘हिरूलाल’को प्रिमियर कार्यक्रम पत्रकार टीकाराम यात्री र

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण