बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस् « Khabarhub

बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जन मेयर बालेन्द्र साहले फरक मत र विचारलाई निषेध गर्न खोजेको बताएका छन् ।

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा महर्जनले फरक मत राखेकै कारण मेयर साहका समर्थकहरूले आफूमाथि बारम्बार आक्रमण गरेको बताएका छन् ।

‘यहाँ मेरा सिनियर दाइहरू तीनजनाले बोलिसक्नु भएको छ। हामीले यी दुई वर्षमा केही कुरामा सफल भयौँ, केहीमा असफल भयौँ । नराम्रा कामहरूबाट सिक्नुपर्छ, गल्तीलाई गुरु मानेर हिँड्नुपर्छ’, उनले भने, ‘बजेट खर्चको अनुपात दु:ख लाग्दो छ, अहिलेसम्म ३० प्रतिशत मात्रै खर्च भएको छ। अरु महानगर र पालिकाको तुलना गर्दा हाम्रो अवस्था अति नै कमजोर छ ।’

बजेट खर्चको दुरावस्थाबारे अब मूल्यांकन र समीक्षा चाहिने पनि उनले बताए । ‘महानगरको नेतृत्व समान सहभागिता र संवादको कुरामा चुकेको छ। छलफलमा चुकेको छ । सहभागितामुलक र संवाद र छलफलहरूबाट मात्रै हामी गन्तव्यमा पुग्छौँ’, उनले भने, ‘कसैले पनि द्वन्द्वबाट जित्ने प्रयासले सफल होइँदैन ।’

उनले आफू एमालेको सदस्य भएको बताए । ‘मेरो गौरवमय पार्टी नेकपा एमालेको सदस्य हुँ म । विगतमा सामाजिक अभियानबाट म राजनीतिमा जोडिएँ । राजनीतिक आन्दोलनमा लाग्नुअघि २०४२ सालमा न्युह:दया भिन्तुनाको जुलुसमा जाँदा लाठी खाएँ, त्यसपछि म निरन्तर निरंकुशताविरुद्ध लडिरहेको छु’, उनले भने, ‘म यही माटोमा हुर्केको मान्छे हो । मेरै माटोमा नयाँ वर्षको शुभकामना कार्यक्रममा जाँदा लाठी खानु राम्रो होइन । त्यसबेला वाक स्वतन्त्र थिएन, बोल्न पाइँदैनथ्यो, त्यही व्यवस्थाको विरोध गर्दै म यहाँसम्म आएँ ।’

तर अहिले काठमाडौं महानगरको नेतृत्वलले फरक मतलाई दबाएर निषेध गर्न खोजेको उनले बताए । ‘फरक मतलाई अझै पनि दबाइन्छ भने अझै पनि म मुर्दावाद भन्छु । फरक मतलाई सम्मान गर्ने ‘मेरिट अफ डेमोक्रेसी’ हामीलाई चाहिएको छ । फरक मतसँग संवाद गर्ने क्रम हाम्रो संस्थामा बन्द भएको छ’, उनले भने, ‘फरक मतलाई सम्मान गरे राम्रो हुन्छ । एक्लै होइन, मिलेर जाऊँ । १ र १ बराबर २ होइन, १ र १ बराबर ११ गरेर जानुपर्छ ।’

उनले मेयर बालेन्द्र साहले अरुको बोल्ने अधिकार खोसेको पनि बताए । ‘बोल्ने अधिकार खोसियो कि दबाइयो भन्ने कुरा जुन छ । १६० जनाले १६० थरी कुरा भन्नुभन्दा छलफल गरेर एकैजनाले बोलिदिने अभ्यास पहिलेदेखि थियो’, उनले भने, ‘त्यो अभ्यास गरिरहँदा साथीहरूलाई आक्षेप लगाइयो । मेरा अग्रजलाई आक्षेप लगाइयो, यसमा सचेत हुनु जरूरी छ ।’

उनले आफू वाक स्वतन्त्रलाई माया गर्ने मान्छे भएको बताउँदै फरक विचार नदबाउन मेयर साहलाई आग्रह गरे । ‘फरक कुरालाई, मतलाई, विचारलाई नदबाइयोस् सम्मान गर्न सिक्नुस्’, उनले भने, ‘अबदेखि विरोधका कुरालाई पनि सम्मान गरियोस् ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : १४ बजे

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

राष्ट्रिय निकुञ्जसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,