लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी | Khabarhub Khabarhub

लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई मंगलबारदेखि लागु हुने गरी निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको हो ।

यसअघि आइतबार लीलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको हो ।

तेह्रथुममा गड्तौला मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि निजामती सेवाको माथिल्लो तहमा पुगेकी हुन् ।

नेपाल ल क्याम्पसबाट आईएल र बीएल गरेकी उनले अब यो जिम्मेवारीमा अर्का मुख्यसचिव नहुन्जेल रहने छिन् ।

उनी अब कम्तीमा आगामी भदौ १५ सम्मलाई यो भूमिकामा रहने निश्चित भएको छ । कामु मुख्यसचिव बनेकी गड्तौला आगामी भदौ १५ गते सेवानिवृत्त हुने छिन् ।

२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनले कानून मन्त्रालयमा १७ वर्ष काम गरसकेकी छन् ।

त्यसपछि उनले ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरेकी थिइन् ।

उनी ०६३ सालमा उपसचिव भएकी थिइन् । २०७० सालमा सहसचिव भएकी गड्तौला २०७७ कात्तिकमा सचिव भएकी थिइन् । त्यसपछि उनलाई नेपाल कानुन आयोगका सचिवको जिम्मा दिइयो । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनले २०८० भदौ २२ गतेयता प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवका रूपमा काम गर्दै आएकी थिइन् ।

उनी कानून तथा न्याय सेवातर्फ दुई जना महिला विशिष्ट श्रेणी पुगेका सचिवहरूमध्ये एक थिइन् । न्याय सेवातर्फ निर्मला पौडेल छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : २१ बजे

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको ठूलाे क्षति

काठमाडौं – नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर