बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ? « Khabarhub

बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ?


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी नगरसभामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नगर सभा सदस्यहरूले घेरेका छन् ।

राष्ट्रिय सभा गृहमा जारी नगरसभा बैठकमा सहभागी जनप्रतिनिधिहरूले मेयर साहमा निरंकुश चरित्र देखिएको भन्दै कडा आलोचना गरेका छन् ।

मेयर साहलाई सुझाव दिँदा वा केही टिप्पणी गर्दा सामाजिक सञ्जालमा थेगिनसक्नु गाली खानुपरिरहेको उनीहरूले बताएका छन् ।

मेयर साहले केही महिनाअघि सिंहदरबार जलाउँछु भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पनि बैठकमा आलोचना भएको हो ।

नगरसभा सदस्य अनिता कार्की ढोलीले आफ्ना भना राख्ने क्रममा मेयर साहले सिंहदरबार जलाउँछु भन्दा महानगरबासीले मेयरकै दरबार जलाए भने के होला ? भनेर प्रश्न गरेकी छन् ।

‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ, त्यो कुर्सीको अधिकार संविधान र कानुनले निर्धारण गरेको हो’, उनले भनिन्, ‘जुन अधिकार सिंहदरबारले दिएको हो । कसैले पनि व्यक्तिगत रिसइबी साँध्न सिंहदरबार जलाउँछु भन्नु भयो। यदि तपाईंले ऐस आराम गरेर बस्ने भव्य दरबार महानगरबासीले जलाए भने के हुन्छ ? यसबारे केही सोच्नु भएको छ ? दलहरूको विकल्प दलहरू नै हुन सक्छन्, कोही एउटा व्यक्ति हुँदैन ।’

उनी माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । कार्की ढोलीले माओवादीले देशमा परिवर्तन गरेको बताउँदै त्यसलाई अवमूल्यन नगर्न पनि बालेनलाई चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ३१ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक