कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक : महामन्त्री थापा « Khabarhub

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक : महामन्त्री थापा


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका हुन् । 

‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन,’ महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’ 

नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको महामन्त्री थापाको भनाइ थियो । उनले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ–गाउँबाट खोज्न आवश्यक रहेको पनि बताए ।

‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । 

त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ,’ थापाले भने, ‘हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजी खोजिकन ल्याउनुपर्छ ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ३३ बजे

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय