अर्थमन्त्रीको जवाफ- नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन « Khabarhub

अर्थमन्त्रीको जवाफ- नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन्  ।

नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको उनले बताए ।

आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीयतहबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने लगायतमा सरकार दृढ रहेको विश्वास दिलाउने मन्त्री पुनले उल्लेख गरे  ।

उनले अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्य योजनासहित राजस्व सङ्कलन एवम् सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई समन्वयात्मक ढंगले परिचालन गर्दा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकिने बताए ।

सांसदहरूले बजेटमाथिको छलफलका क्रममा पुँजीगत खर्च न्यून तथा खर्च गर्ने क्षमता कमजोर रहेको, सार्वजनिक ऋण, चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च बढ्दै गएको लगायतका प्रश्न गरेका थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : ५८ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित