अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक « Khabarhub

अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा भारतका कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरेका छन् ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतका लागि कप्तान शर्माले १९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस क्रममा उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

६ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ६० रन बनाएको छ । क्रिजमा कप्तान शर्मा र रिसव पन्त छन् । यसअघि ओपनर बिराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भएका थिए ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ५८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल