भारतले गुमायो दोस्रो विकेट, ऋषभ पंत १५ रनमा आउट | Khabarhub Khabarhub

भारतले गुमायो दोस्रो विकेट, ऋषभ पंत १५ रनमा आउट


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले दोस्रो विकेट गुमाएको छ ।

तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भएका हुन । १४ बलको सामा गरेका उनले एक चौका र एक छक्का प्रहार गरेका हुन् । उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच आउट गराए

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ९ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर १०२ रन बनाएको छ । अहिले कप्तान रोहित शर्माले ८३ रनसहित क्रिजमा छन् । उनलाई साथ दिन सुर्यकुमार यादव मैदान प्रवेश गरेका छन् ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : १३ बजे

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि