शतक बनाउन चुके रोहित « Khabarhub

शतक बनाउन चुके रोहित


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् ।

४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । त्यसक्रममा उनले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका हुन् ।यसअघि भारतले विराट कोहलीलाई शुन्य र ऋषभ पंतलाई १५ रनमा गुमाएको थियो ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले १२ ओभरको खेल सकिँदा भारतले तीन विकेटको क्षतिमा १३१ रन बनाएको छ । अहिले क्रिजमा सुर्यकुमार यादव र शिवम् दुवे छन् ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै