गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई « Khabarhub

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । विजेता स्याङ्जाले नगद रु एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कास्कीले रु ५० हजार ट्रफी र मेडल पुरस्कार प्राप्त गर्यो ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङजाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो । उसका लागि कुसुम गोदारले ३१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन् ।

सिमाना केसीले ३६ बलमा दुई चौकाका साथ २४ रनको योगदान दिइन् । यसैगरी ज्योत्सना मरासिनीले १४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन छुन सकेनन् ।

कास्कीका लागि सुशीला दिम्दुङ र पूर्णिमा गुरुङले समान दुई÷दुई विकेट लिए । रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान एक÷एक विकेट लिए ।

उपाधिका लागि एक सय छ रनको लक्ष्य पछ्याउने क्रममा कास्की २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनमा सीमित भयो । कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन भने सकेनन् । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए ।

स्याङ्जाका लागि बलिङतर्फ आकृति तिवारीले चार ओभरमा एक मेडन राख्दै १२ रन दिएर दुई विकेट लिइन् । ‘ओमन अफ दी म्याच’ घोषित सिमाना केसीले तीन ओभर बलिङमा पाँच रन दिएर दुई विकेट लिन सफल हुँदा रञ्जना साउदले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिइन् । यसैगरी कुशुम गोदारले एक विकेट लिन सफल भइन् ।

प्रतियोगितामा स्याङ्जाकी कुसुम गोदार ‘प्लेयर अफ दि सिरिज’ र ‘बेष्ट व्याटर’ बन्न सफल भइन् । कास्कीका चन्द्रमाया बराल उत्कृष्ट बलर बन्न सफल भइन् । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा यही असार ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ४५ बजे

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित न्यायपूर्ण समाज निर्माणमा एमालेको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को