काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।

मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।

काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले विशेष खोप अभियान चलाएको हो ।

बागमती र टुकुचामा मिसिएको पानी परीक्षणमा उक्त भाइरस पुष्टि भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०२ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना