काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान « Khabarhub

काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।

मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।

काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले विशेष खोप अभियान चलाएको हो ।

बागमती र टुकुचामा मिसिएको पानी परीक्षणमा उक्त भाइरस पुष्टि भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ