घरघर पुगेर सेवा दिँदै फक्ताङलुङ गाउँपालिका « Khabarhub

घरघर पुगेर सेवा दिँदै फक्ताङलुङ गाउँपालिका


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ । स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो ।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईँले बताए ।

‘मङ्गलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ, फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँ’, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।

कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उनको भनाइ छ ।

पालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन निःशुल्क एम्बुलेन्स र औषधि उपलब्ध गराउँदै आएको छ ।

दीर्घरोगीलाई घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने गरिएको छ । टोल–टोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ ।

प्रत्येक तीन–तीन महिनामा नागरिकका घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण साथै परामर्श दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २१ बजे

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले