उद्धार गरिएका पाइलट शाक्यको निधारमा चोट, अवस्था स्थिर « Khabarhub

उद्धार गरिएका पाइलट शाक्यको निधारमा चोट, अवस्था स्थिर


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


194k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट लागेको छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ५७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले