त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव अहिले पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

शव लगिएपछि अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला हुन थालेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।

क्याप्टेन मनिष शाक्यको अहिले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : १६ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा