त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव अहिले पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

शव लगिएपछि अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला हुन थालेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।

क्याप्टेन मनिष शाक्यको अहिले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : १६ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको