८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से  « Khabarhub

८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से 


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ दिनपछि करेक्सन आएको छ । निरन्तर बुल ट्रेन्डमा रहेको नेप्सेमा आज बुधबार करेक्सन आएको हो । आज नेप्सेमा २७.३२ अंकको गिरावट सहित करेक्सन आएको हो । 

सत्ता गठबन्धन फेरीएर एमाले–कांग्रेसको सरकार बन्ने हल्लापछि बढ्न थालेको नेप्से बीचमा सानो करेक्शन आएको थियो । आज  कारोबार भने १६ अर्बबढी भएको छ । 

आज होटल एण्ड टुरिजम र फाइनान्स समूहबाहेक अन्य ११ वटा समूह राताम्य भएको छ । आज फाइनान्स ३३.८१ अंकले बढेर २९३०.१७ विन्दुमा पुगेको छ भने होटल एण्ड टुरिजम ८.५९ अंकले बढेर ६६००.१७ बिन्दुमा पुगेको छ । 

आज नेप्सेमा आएको करेक्सनसँगै ११ वटा समूहमा पनि करेक्सन आएको छ । आज सबैभन्दा बढी उत्पादन समूह ९७.२३ अंकले घटेर ७७२८.८२ विन्दुमा पुगेको छ । बुधबार सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१६ अंकले घटेर २१.०८ विन्दुमा पुगेको छ । 

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ६.२५, १.५८१.९७ अंकले घटेपनि कारोबार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको भएको छ । 

आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक किनबेच हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज एक कम्पनीको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ भने अन्य ११ वटा कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १९ बजे

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने