सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन « Khabarhub

सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – यातायात व्यवस्था कार्यालय लहान, सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व संकलन गरिएको छ।

सरकारले साउन देखि चैत सम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरिएको हो। 

सवारी करबाट ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैयाँ, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट ११ करोड १८ लाख ६८ हजार बिस रुपैयाँ तथा पटके दस्तुर र रुट परमिटबाट ७९ लाख ७८ हजार २२५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७९-०८० मा ४५ करोड ३५ लाख ७४ हजार तीनसय ९४ रुपैयाँ राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व संकलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।

यस्तै आव २०८०-०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। 

संकलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नब्बे रुपैयाँ र प्रदेश सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैयाँ गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३१ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी