प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने « Khabarhub

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारेमा थप छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसंग छलफल गरेपछि समितिले यस बिषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ ।

त्यसअघि बैठकमा सांसदले उनीविरुद्धको उजुरीबारे प्रश्न राखेका थिए। प्रधानले त्यसको जवाफ दिएका थिए ।

समिति सदस्य महेश बर्तौलाले प्रधानविरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । आजको सुनुवाइका क्रममा पत्रकाहरूलाई बाहिर निकालेर सांसदहरूले प्रधानसँग सवाल-जवाफ गरेका थिए ।

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रबारे नै प्रश्न उठिसकेपछि आफूलाई आरोपबाट मुक्त गर्ने आधारबारे प्रश्न गरेका थिए ।

त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेर्दा निकै गम्भीर देखिएकाले उच्च नैतिक चरित्रको बिषय आकर्षित हुनसक्ने उल्लेख गरे ।

समिति सदस्यहरूका प्रश्नको जवाफ दिँदै प्रधानले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए ।

उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानुनविपरीत काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए ।

अदालतमा मिलिसकेको बिषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रश्न गरे ।

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए ।

प्रधानविरुद्ध समितिमा यौन दुर्व्यवहार लगायत उजुरी परेका थिए । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००