नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै « Khabarhub

नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर (एक अर्ब ७३ करोड ५५ लाख रुपैयाँ ) अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम्‌ सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्‌ । अनुदान सहायताबारे वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए ।

बैठकले साउन २२ देखि २४ गतेसम्म भारतमा आयोजना हुने बिमष्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको गुरुङले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्तलाई कायम-मुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ३८ बजे

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा