निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’ « Khabarhub

निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका एकजना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएको छ ।

प्रदेश सभा सदस्य बादशाह कुर्मीलाई कांग्रेसले विनाविभागीय मन्त्री बनाएको हो ।

प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कुर्मीलाई विनाविभागीय मन्त्री बनाएका हुन् । आचार्य कांग्रेसको समर्थनमा एमालेबाट मुख्यमन्त्री भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान जारी छ ।

मन्त्री बादशाह कुर्मीलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको अभियोग लागेको छ । ‘उहाँ (कुर्मी) विरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दामा अहिले अनुसन्धान चलिरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकृतले भने ।

बादशाहसहितको संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको उनको परिवारको आरोप छ।

प्रहरीले गरेको अनुसन्धानबाट पनि उक्त प्रकरणमा बादशाहको संलग्नता खुल्ने प्रमाण भेटिएका छन् ।

एकल महिला निर्मला कुर्मीको सम्पत्ति कब्जा गर्न बादशाहको संलग्नतामा अपहरण गरी बेपत्ता पारिएको आरोप लागेको छ । तर ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाएका छन् ।

कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जना शंकास्दमध्ये एक रहेका छन् ।

सरकारकै प्रतिवेदनले पनि बादशाह दोषी देखिएको बताइएको छ । २०७५ मा हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट र अपहरण गरी बेपत्ता पार्नेमध्ये एक उनी रहेको गृह मन्त्रालयको प्रतिवेदनमा लेखिएको छ ।

निर्मलाको न्यायका लागि अभियान छेडेकी अधिकारकर्मी रुवी खानले न्यायको आन्दोलनमा सरकारले पटक-पटक धोका दिएको बताइन् । उनले हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पुरस्कार दिएको भन्दै अझै आन्दोलन चर्काउने बताइन् ।

अधिकारकर्मी रुवी खानलसहित काठमाडौंको माइतीघरमण्डलमा अनशन बसेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले लिखित सहमति गरेका थिए। त्यसबेला उनले अपराधमा सम्लग्न जो भए पनि कारबाही हुने उल्लेख गरेका थिए । तर अहिले नयाँ गठबन्धनबाट गम्भीर अपराधका आरोपी मन्त्री भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : १० बजे

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र