सौर्यको जहाज दुर्घटना- शिक्षण अस्पतालमा शव पोस्टमार्टम गरिँदै, एउटाको सक्न चार घण्टा लाग्ने « Khabarhub

सौर्यको जहाज दुर्घटना- शिक्षण अस्पतालमा शव पोस्टमार्टम गरिँदै, एउटाको सक्न चार घण्टा लाग्ने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलको उत्तर धावनमार्गनजिकै सौर्यको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सबैजनाको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

केही शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने उनले बताए ।

अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई चाँडै सम्पन्न गर्ने तयारी भएको उनले बताए ।

अहिले शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन् । उनीहरू अस्पताल परिसरमा भावविह्व अवस्थामा छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ०२ बजे

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की