कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन | Khabarhub Khabarhub

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी१० करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा  कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् । 

 कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।

 साथै अघिल्लो आव २०७९-८० को तुलनामा गत आर्थिक वर्ष २०८०-८१ मा राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा रु तीन अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ४४ करोड राजस्व संकलन भएको थियो । कार्यालयलाई गत आर्थिक वर्ष चार अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व संकलन भएको थियो । अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए। 

गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकर वापत एक अर्ब ४५ करोड ४७ लाख, घर भाडाबापत छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार मूल्य अभिवृद्धिकरबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्क वापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकर वापत ११ लाख तीन हजार तथा शिक्षाकरबापत ४९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।

गत वर्ष आयकरबापत– एक अर्ब १९ करोड ३८ लाख ७१ हजार, घरभाडावापत  तीन करोड ५० लाख २२ हजार,  ब्याजकरबापत सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धि करबापत ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत एक अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरबापत १५ लाख ३१ हजार, शिक्षाकरबापत एक लाख ६८ हजार तथा अन्यकरबापत रु १२ लाख २६ हजार गरी कूल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ३७ बजे

चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित

चितवन– चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

स्टकहोम– अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त

पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको शव भेटियो

फुङ्लिङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध

एजेन्सी – वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी– झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार