कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन « Khabarhub

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी१० करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा  कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् । 

 कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।

 साथै अघिल्लो आव २०७९-८० को तुलनामा गत आर्थिक वर्ष २०८०-८१ मा राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा रु तीन अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ४४ करोड राजस्व संकलन भएको थियो । कार्यालयलाई गत आर्थिक वर्ष चार अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व संकलन भएको थियो । अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए। 

गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकर वापत एक अर्ब ४५ करोड ४७ लाख, घर भाडाबापत छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार मूल्य अभिवृद्धिकरबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्क वापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकर वापत ११ लाख तीन हजार तथा शिक्षाकरबापत ४९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।

गत वर्ष आयकरबापत– एक अर्ब १९ करोड ३८ लाख ७१ हजार, घरभाडावापत  तीन करोड ५० लाख २२ हजार,  ब्याजकरबापत सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धि करबापत ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत एक अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरबापत १५ लाख ३१ हजार, शिक्षाकरबापत एक लाख ६८ हजार तथा अन्यकरबापत रु १२ लाख २६ हजार गरी कूल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ३७ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२