लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन | Khabarhub Khabarhub

लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरि सार्वजनिक निकायमा नियुक्ति नगर्न-नगराउन निर्देशन गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ ।

आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ ।

राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजाय भएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ४४ बजे

बाँकेमा बीस प्रजातिका चरा भेटिए

नेपालगञ्ज– केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा

डाइनामोविरुद्ध आर्सनलको शानदार जित : सहज बन्दै दोस्रो चरणको यात्रा

काठमाडौं – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै आर्सनल युरोपेली

उच्च पहाडी भूभागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा

काठमाडौं – च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन

विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्‍यो पाँच गोल

काठमाडौं – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको