रौतहटबाट अवैध सालको काठ बरामद « Khabarhub

रौतहटबाट अवैध सालको काठ बरामद


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो ।

गस्ती टोलीले गुजरा ३ सिम्री ईलाकामा धन्सार खोला नजिक झाडीमा अबैध रुपमा जंगलबाट चोरी कटान गरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा गोलिया साढे ६१ क्युफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

अन्दाजी बजार मुल्य १ लाख ८५ हजार बराबरको उक्त काठ बरामद गरि आबश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा अबैध काठ ढुवानी तथा तस्करीमा कमी आएको देखिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ३३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।