दुई हजारभन्दा बढी घरधुरीमा बिजुलीको पहुँच, स्थानीय खुसी « Khabarhub

दुई हजारभन्दा बढी घरधुरीमा बिजुलीको पहुँच, स्थानीय खुसी


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा विद्युतीकरणले यहाँका दुई हजार दुई सय १९ घरधुरीमा विद्युत्को पहुँच पु-याइएको जनाएको छ ।

केन्द्र प्रमुख रामबाबु चौधरीले सदरमुकामबाट सुदूरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–१ को बुमलिङका एक सय ५० घरसहित दुई हजार दुई सय बढी घरमा विद्युत्को पहुँच पुगेको बताए । उनले भने, “दुर्गम ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने उद्देश्यअनुसार सो क्षेत्रमा पनि विद्युत् विस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।”

वर्षौदेखि बत्तीविना अध्यारोमा बस्न बाध्य ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमा विद्युत् पुगेपछि राहत मिलेको छ । घरमा पहिलो पटक विद्युत्को सुविधा पुगेकामा खुसी हुँदै लालबहादुर भुजेलले भने, “वर्षौदेखि विद्युत्को अभावमा कुपी र मैनबत्तीको भरमा बस्नुपरेको थियो, विद्युत् पुगेपछि हाल त्यो बाध्यता हटेको छ । अब हामीलाई सहज भएको छ ।” उनी मात्र होइन यहाँ बत्तीको पहुँच पुगेका सबै नागरिक उत्साहित छन् ।

प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले भने, “जिल्लाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम भइरहेको छ, बाँकी रहेका स्थानीय तहमा पनि विद्युत्को पहुँच पु¥याउन यस नयाँ आवमा पनि बजेटअनुसार निरन्तर काम हुनेछ ।”

भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हालसम्म करिब ८६ प्रतिशत घरमा विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्यअघि बढेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताए ।

जिल्लामा हाल राष्ट्रिय प्रशारण लाइनबाट करिब २६ हजार बढी घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् । जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसबाट उत्पादित १३ मेगावाट बिजुली पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ०४ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक