हाउसफुलको सिरिजमा ज्याक्लिनको ‘कमब्याक’   « Khabarhub

हाउसफुलको सिरिजमा ज्याक्लिनको ‘कमब्याक’  


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अक्षय कुमार अभिनीत ‘हाउसफुल’ सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो । निर्माताहरू यसको पाँचौँ किस्ता ल्याउने तयारीमा छन् र यसको घोषणा पनि भइसकेको छ ।

यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।

निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।

तीनसय करोडको निर्माण बजेट रहेको ‘हाउसफुल’ को पाँचौँ सिरिज फ्रेन्चाइजको सबैभन्दा महँगो फिल्म समेत हुने भएको छ ।

फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको सुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।

साजिदले अन्य तीन ए–लिस्टर नायिकालाई पनि कास्टमा समावेश गर्न छलफल गरिरहेको र आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।

यस अघि ‘हाउसफुल ५’ यस वर्षको दीपावलीको अवसरमा रिलिज हुने तय भएपनि निर्माताले यसको रिलिज मिति ६ जुन २०२५ सम्म पुर्‍याएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ५१ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र