भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने « Khabarhub

भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले मालदिभ्सका कर्मचारीलाई तालिम दिने भएको छ । भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्ने भएको हो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको मालदिभ्स भ्रमणका क्रममा यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुईमुलुकबीच भएको सम्झौता अनुसार भारतले सन् २०२४ देखि सन् २०२९ सम्म मालदिभ्सका एक हजार जना कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्नेछ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको विदेशमन्त्रालयको पहलमा राष्ट्रिय सुशासन केन्द्रले बंगलादेश, तान्जानिया, गाम्बिया, मालदिभ्स, श्रीलंकाजस्ता मुलुकका कर्मचारीलाई क्षमता विकास तालिम दिँदै आएको छ ।

भारतमा दिइने तालिमले मालदिभ्सका कर्मचारीको कार्यक्षमतामा वृद्धि हुने जनाइएको छ । त्यसबाहेक यसबाट दुई मुलुकबीचको सम्बन्धमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १ : ०७ बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले