भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने « Khabarhub

भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले मालदिभ्सका कर्मचारीलाई तालिम दिने भएको छ । भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्ने भएको हो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको मालदिभ्स भ्रमणका क्रममा यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुईमुलुकबीच भएको सम्झौता अनुसार भारतले सन् २०२४ देखि सन् २०२९ सम्म मालदिभ्सका एक हजार जना कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्नेछ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको विदेशमन्त्रालयको पहलमा राष्ट्रिय सुशासन केन्द्रले बंगलादेश, तान्जानिया, गाम्बिया, मालदिभ्स, श्रीलंकाजस्ता मुलुकका कर्मचारीलाई क्षमता विकास तालिम दिँदै आएको छ ।

भारतमा दिइने तालिमले मालदिभ्सका कर्मचारीको कार्यक्षमतामा वृद्धि हुने जनाइएको छ । त्यसबाहेक यसबाट दुई मुलुकबीचको सम्बन्धमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १ : ०७ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण