आँबुखैरेनी बस दुर्घटना : घाइतेको अवस्थाबारे जानकारी लिन गृहमन्त्री टिचिङमा « Khabarhub

आँबुखैरेनी बस दुर्घटना : घाइतेको अवस्थाबारे जानकारी लिन गृहमन्त्री टिचिङमा


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरूको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनापछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौँ आइपुगेकी छन् । उनी पनि घाइतेहरूको शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेकी छन् । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्रज्ञी खड्सेसँग पनि संवाद गरेका थिए ।

घाइतेहरूको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरूका उपचार राम्रोसँग भइरहेको बताए ।

 ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरूलाई बचाउन सकियो । केही मानिसहरूको मृत्यु पनि भएको छ, दुःखद घटना भएको छ । घाइतेहरूको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरू हुनुहुँदोरहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिहनु भएको छ,’– मन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सुधार हुँदै गएको मन्त्री लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : १३ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको