प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकेर स्वदेश फिर्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकेर स्वदेश फिर्ता


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्याण्ड भ्रमण ४५ वर्षपछि भएको हो । 

उनले दुई दिने युरोप भ्रमणका क्रममा युक्रेनको पनि भ्रमण गरेका छन् । युक्रेन भ्रमण गर्ने उनी पहिलो पदबहाल भारतीय प्रधानमन्त्री हुन्। 

युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागू गर्न आफू तयार रहेको बताएका थिए। 

यस सम्बन्धमा घनिष्ठ द्विपक्षीय वार्ताको वाञ्छनीयतामा उनीहरू सहमत भएका छन् । भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहोर्‍याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ । भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो । 

युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ । भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पोल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी डोनाल्ड टस्कसँग द्विपक्षीय छलफल गरेको र दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’मा रूपान्तरण गर्ने निर्णय गरेका छन् । दुवै नेताले युक्रेनमा जारी युद्ध र यसको भयानक र दुःखद मानवीय परिणामप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यापक, न्यायोचित र दिगो शान्तिको आवश्यकतालाई दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ५९ बजे

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

काठमाडौ‌– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज

रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते

एजेन्सी– युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न