प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकेर स्वदेश फिर्ता « Khabarhub

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकेर स्वदेश फिर्ता


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्याण्ड भ्रमण ४५ वर्षपछि भएको हो । 

उनले दुई दिने युरोप भ्रमणका क्रममा युक्रेनको पनि भ्रमण गरेका छन् । युक्रेन भ्रमण गर्ने उनी पहिलो पदबहाल भारतीय प्रधानमन्त्री हुन्। 

युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागू गर्न आफू तयार रहेको बताएका थिए। 

यस सम्बन्धमा घनिष्ठ द्विपक्षीय वार्ताको वाञ्छनीयतामा उनीहरू सहमत भएका छन् । भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहोर्‍याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ । भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो । 

युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ । भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पोल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी डोनाल्ड टस्कसँग द्विपक्षीय छलफल गरेको र दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’मा रूपान्तरण गर्ने निर्णय गरेका छन् । दुवै नेताले युक्रेनमा जारी युद्ध र यसको भयानक र दुःखद मानवीय परिणामप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यापक, न्यायोचित र दिगो शान्तिको आवश्यकतालाई दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ५९ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा