विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा  « Khabarhub

विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा 


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् ।

काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए । 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसङ्ग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने बताए ।

संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुकले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । 

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे । राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शंका नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे । 

कार्यक्रममा उपाध्यक्ष डाक्टर विष्णु भण्डारी , उत्तम लामा, उज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ७ : ०२ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६