ललितपुर– उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसबारे आज ललितपुरमा सञ्चारकर्मीको प्रश्नमा सिंहले यस्तो बताएका हुन् ।
अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो, उनले भने, जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नितिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो ।
उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।
त्यस्तै फरक सन्दर्भमा उहाँले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए।
प्रतिक्रिया