काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता « Khabarhub

काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट हाइलक्स गाडी सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ। पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी  सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

गाडी चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । खोजी कार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ८ : १८ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत