विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा  « Khabarhub

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ ।

यसअघि  सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदामा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

नेपालले लिग–२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमध्ये एकमा जित र ६ खेलमा हार बेहोरेको छ ।

त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ ।

आजको खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै  तीन टोलीबीच टी–२० सिरिज हुनेछ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : २५ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको