विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा  « Khabarhub

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ ।

यसअघि  सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदामा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

नेपालले लिग–२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमध्ये एकमा जित र ६ खेलमा हार बेहोरेको छ ।

त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ ।

आजको खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै  तीन टोलीबीच टी–२० सिरिज हुनेछ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको