दुई महिनामा आयात वृद्धि, डिजेल धेरै, स्मार्टफोन सातौँ स्थानमा | Khabarhub Khabarhub

दुई महिनामा आयात वृद्धि, डिजेल धेरै, स्मार्टफोन सातौँ स्थानमा


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा गत आवको सोही महिनाको तुलनामा आयात बढेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको पहिलो दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो ।

विभागका अनुसार चालु आवको दुई महिनाको अवधिमा भने निर्यात घटेको छ । चालु आवको दुई महिनामा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तथ्याङ्कले समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले नेपालको व्यापार घाटा बढेको देखाएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आवको दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेलको आयात भएको छ । तथ्याङ्कले समीक्षा अवधिमा १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार बराबरको डिजेल आयात भएको देखाएको हो ।

सो अवधिमा पेट्रोल, एलपी ग्यास, फलाम, युरिया मल, स्मार्टफोन लगायतका वस्तुहरू धेरै आयात हुने वस्तुहरूमा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सो अवधिमा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । जुन आयात भएका वस्तुहरूमध्ये सातौँ धेरै मूल्य बराबरको रहेको छ । 

यस्तै, दुई महिनाको अवधिमा दुई अर्ब बढीको ल्यापटप, नोटबुक र ट्याबलेट आयात भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा २ अर्ब १ करोड ८० लाख ६१ हजार रूपैयाँ बराबरको ल्यापटप, नोटबुक र ट्याबलेट आयात हो ।
सो अवधिमा सबैभन्दा धेरै ल्यापटप तथा नोटबुक चीनबाट आयात भएको छ । समीक्षा अवधिमा चीनबाट १ अर्ब ७२ करोड २० लाख १३ हजार बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

त्यस्तै, विभिन्न मुलुकबाट नेपालमा ११ करोड ९ लाख ६३ हजार रूपैयाँ बराबरको ट्याबलेट आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ३४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित