रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत (तस्बिरहरू) | Khabarhub Khabarhub

रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत (तस्बिरहरू)


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेर फर्किएकी हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : २८ बजे

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान

सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड

तुलसीपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष

सडक कालोपत्रेमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि

काठमाडौं – गण्डकी प्रदेश सरकार सडक कालोपत्रेमा सबैभन्दा अघि देखिएको