काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी « Khabarhub

काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा काठमाडौंको नक्सालमा दुवै देशका कलाकारका कलाकृति प्रदर्शनी सुरु भएको छ ।

‘रामायणः साझा धरोहर’ शीर्षकको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे ।

उनीहरूले यस्ता कला प्रदर्शनीले २ देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए । सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकनसमेत गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको बताए ।

उनले यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्ता प्रदर्शनीनले एकअर्काको कला सिर्जनाको सिकाइ समेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उनले बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको बताए। यसले ललितकला क्षेत्रलाई रूपान्तरण गर्ने योजना सार्थक बन्दै गएको उनको दाबी थियो ।

असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् ।

भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहेको प्रदर्शनीमा कलाकारले रामायण सम्बन्धी चित्र सिर्जना गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ०३ बजे

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा