बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान « Khabarhub

बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । 

भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् । गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानलाई सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् ।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भए पनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

बैतडीमा मात्रै विगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवती हुने महिलाको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : १४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको