घुस लिएको आरोपमा बुद्धशान्तिका वडाअध्यक्ष ओलीलाई विप्लवका कार्यकर्ताले समाते « Khabarhub

घुस लिएको आरोपमा बुद्धशान्तिका वडाअध्यक्ष ओलीलाई विप्लवका कार्यकर्ताले समाते


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस लिएको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासहितले ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका हुन् ।

वडाअध्यक्ष ओलीले सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुस पनि प्रहरीकहाँ जिम्मा लगाइएको विप्लवका कार्यकर्ताले उल्लेख गरेका छन् ।

बिर्तामोडबाट नियन्त्रणमा लिइएका उनलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

बुद्धशान्तिका अध्यक्ष मनोज प्रसाईंले वडाअध्यक्ष ओलीलाई घुस लिएको आरोपमा विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको जानकारी आफूलाई आएको बताए ।

‘उहाँलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जानकारी पाएका छौँ’, उनले खबरहबसँग भने, ‘ प्रहरीकहाँ पुगिसकेकाले यसबारेमा अनुसन्धान हुँदै होला ।’

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै