अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने « Khabarhub

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो । 

महाशाखाको नेतृत्व र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्कको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने नेटवर्कका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले जानकारी दिए ।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए ।

विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको उनले बताए ।

सम्मेलनमा पूर्ण सत्रहरु, सामूहिक छलफल, कार्यशालाप्रस्तुतिकरणहरु समावेश हुने र निष्कर्षलाई सरोकारवाला निकायमा सुझावका रुपमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ३२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको